जसपाका अध्यक्षद्धवय ठाकुर र यादवद्वारा संयुक्त वक्तव्य जारी, तत्काल सरकारमा नजाने तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर आए नछाड्ने


काठमाडौं – जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलवार संयुक्त वक्तव्य जारी गरेका छन् ।

विभाजनको डिलमा पुगेको जसपाका दुई अध्यक्ष ठाकुर र यादवले मंगलवार संयुक्त वक्तव्य जारी गर्दै पार्टीलाई विधि पद्धति अनुसार अघि बढाउने बताएका छन् ।

तत्काल जसपा सरकारमा नजाने तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने वक्तव्यमा उल्लेख छ ।

जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन महन्थ ठाकुर र उपेन्द्र यादव सहमत भएका छन् ।

प्रतिक्रिया