

डेढमहिनाभित्र ८ करोड भ्याक्सिन दिने अमेरिकी राष्ट्रपति वाइडेनको घोषणा

न्यूयोर्क – अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गरेका छन्।
अक्सफोर्ड र अष्ट्राजेनेकाले बनाएको खोप अरू मुलुकलाई दिने बाइडेनले सोमबार बताएका हुन् ।
‘हाम्रो मुलुक बाँकी संसारका लागि खोपको आर्सनल हुँदैछ,’ ह्वाइट हाउसमा बाइडेनले भने,‘जति चौडा सागरले पनि र जति अग्ला पर्खालले पनि हामीलाई सुरक्षित राख्न सक्दैन। अन्धाधुन्ध फैलिरहेको रोग र मृत्युले ती मुलुकलाई अस्थिर त बनाउँछ नै हामीलाई पनि खतरामा राखिरहन्छ।’
अमेरिकामा अहिलेसम्म फाइजर, मोडेर्ना र जोन्सन एन्ड जोन्सनको खोपलाई प्रयोग अनुमति दिइएको छ भने अक्सफोर्ड र अष्ट्राजेनेकाको खोपलाई अनुमति दिइएको छैन। अमेरिकाले यसअघि अक्सफोर्डरअष्ट्राजेनेकाको ४० लाख डोज खोप मेक्सिको र क्यानडालाई दिएको थियो।
बाइडेनको घोषणालाई विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का प्रमुख टेड्रोस एडनोम गेब्रेयेसुसले स्वागत गरेका छन्। उनले खोप वितरणका सहयोग गर्न कोभ्याक्स तयार रहेको पनि बताएका छन्।

