भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न सर्वोच्चको आदेश (आदेशको पूर्णपाठ)


काठमाडौं— सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमबार उक्त आदेश जारी गर्दै कोरोना भाइरसको संक्रमण भएको व्यक्ति उपचार नपाएर मर्ने अवस्था आउन नदिनका लागि कोभिडको उपचार हुने भनिएको कुनै पनि अस्पतालमा सघन उपचार कक्ष तथा भेन्टिलेटरको व्यवस्था गर्न भनेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृह, स्वास्थ्य तथा जनसंख्या, कानून, न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता मनीषकुमार श्रेष्ठले आइतबार दायर गरेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइमा उक्त आदेश जारी भएको हो ।

“हरेक अस्पताल तथा स्वास्थ्य संस्थामा पर्याप्त मात्रा विशेषज्ञ पठाई उचित उपचारको व्यवस्था गर्नू, आइयियू तथा भेन्टिलेसनको प्रयोग गर्नका लागि विशेषज्ञको ब्यवस्था गर्नू”, आदेशमा भनिएको छ, ‘त्यतिकै थन्किएर रहेका आइसियू तथा भेन्टिलेसन मेसिनहरुलाई चुस्त र दुरुस्त बनाई प्रयोगमा ल्याउनू । नेपालको संविधानको धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्न आदेशमा भनिएको छ ।

आदेश:

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text that says 'Ne ६. महामारीको अवस्था समाप् नभएसम्म उल्लिखित कार्ययोजनावमोजिम भए गरेका कामकारवाहीको प्रगति विवरणसहितको प्रतिवेदन प्रत्येक १५ (पन्ध्) दिनमा यस अदालतको अनुगमन महाशाखामा पेश गर्नें र आवश्यक निर्देशनका लागि इजलास समक्ष पेश गर्ने व्यवस्था मिलाउने। 9.यो आदेशको जानकारी प्रत्यर्थीहरुलाई दिने 3/4 न्यायाधीश ਲਬਤਨੀ इति सम्वत २०७६ साल जेष्ठ ३ गते रोज २'

प्रतिक्रिया