दोस्रो पतिकी प्रथम महिला जील


काठमाडौं– जील ट्रयासी ज्याकोब बाइडन अमेरिकाकी प्रथम महिला बनेकी छन्। शिक्षा क्षेत्रकी विज्ञ रहेकी उनी अंग्रेजी विषयकी अध्यापक हुन्।

डेमोक्रेटिक्स पार्टीबाट अमेरिकाको राष्ट्रपतिका रुपमा निर्वाचित जोए बाइडनकी दोस्री पत्नी हुन्। जोए पनि उनका दोस्रो पति हुन्। यो जोडीको प्रेम विवाह भएको थियो।

जोएको सिनेटर कार्यालयमा जील अध्यापनको काम गर्थिन्। त्यसबेला जोएकी पहिलो पत्नी र एउटा छोरीको दुर्घटनामा निधन भइसकेको थियो।

जोए जीलभन्दा नौ बर्ष जेठा छन्। उनले सन् १९७० मा पूर्वफूटबलर बिल स्टिभसनसँग पहिलो बिहे गरेकी थिइन्। पहिलो बिहेको ४ बर्ष बित्दा नबित्दै बिलसँग सम्बन्ध बिच्छेदको निर्णयमा पुगिन्, जील।

त्यसको एक बर्षपछि सन् १९७५ मा सिनेटर रहेका बेला जोएसँग उनको भेट भयो। जोएका भाई फ्रान्कका कारणले उनीहरूको डेट सुरु भएको थियो। जोएका भाईसँग कलेजमा जीलको परिचय भएको थियो।

जोएले पनि उनका तस्बिरहरू स्थानीय विज्ञापनमा देखेका थिए।

जील जोएका औपचारिक उपस्थिति र विविध गतिविधि मन पराउन थालिन्। उनले जोएबारेको कुरा आमालाई सुनाइन्। बिलसँगको डिभोर्सको प्रक्रिया जारी रहँदा नै उनले जोएलाई भेटेको विषयमा आमासँग सल्लाह गरिन्।

उनले ५ महिना जोएको कार्यालयमा काम गरिन्। साताको भ्रमणका क्रममा सिनेटर जोएसँग घुम्न गएका बेला क्याथोलिक चर्चमा दुवैको बिहे भएको थियो।

सन् १९७७ मा यो जोडी बाँधिएको थियो। जीलको दोस्रो बिहे भने लामो समय टिक्न सफल हुनु नै उनी प्रथम महिला हुने भाग्य खुल्ने भयो।

दुर्घटनामा परेका दुई छोरा बिय र हन्टरलाई सम्हाल्ने सर्तका आधारमा नै बिहे भएको थियो। जसले जीललाई आमा भन्छन् र उनले पनि बिहे बर्षदेखि नै सन्तानको माया दिइन्। –एजेन्सीको सहयोगमा

प्रतिक्रिया