कतिपयको अस्थिर र विभाजनकारी सोचले एकता निष्कर्शमा पुगेनः ओली
काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कतिपय नेताको अस्थिर र विभाजनकारी सोचका कारण कम्युनिस्ट पार्टी एकीकरण निष्कर्शमा नपुगेको बताएका छन्।
सोमबार जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा एक वक्तव्य जारी गरी ओलीले यसो भनेका हुन्। उनले नेपाली कम्युनिस्ट पार्टीहरु एकीकरण, विभाजन र एकीकरणका हिसाबले अगाडि बढेको पनि उल्लेख गरेका छन्।
तीन बर्ष अघि आजकै दिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई नेकपा घोषणा गरिएको थियो। तर आन्तरिक कलहसँगै सर्वोच्च अदालतको २३ फागुन ०७७ को फैसलाले दुवै पार्टी ब्युँतिए।