भारतमा थप संक्रमित संख्या एक महिनायता कै न्यून, निको हुने संख्या बढ्दोक्रममा
काठमाडौं – पछिल्लो समय कोरोना महामारीका कारण आक्रान्त बनिरहेको भारतमा एर्कैदिन थपिएको संक्रमित संख्या एक महिनायताकै न्यून रहेको छ ।
पछिल्लो २४ घन्टामा भारतमा २ लाख ८१ हजार ८ सय ६० थपिएका छन् । यसअघि भारतमा गत अप्रिल १७ तारिखका दिन २ लाख ७५ हजार ३ सय ६ जना संक्रमित देखिएका छन् ।
भारतमा हालसम्म संक्रमितको संख्या २ करोड ४९ लाख ६४ हजार ९ सय २५ पुगेका छन् । ती मध्ये २ करोड ११ लाख ६७ हजार ६ सय ९ जना कोरोनमुक्त भइसकेको तथ्यांक सार्वजनिक भएको छ ।
पछिल्ला दिनमा संक्रमित भन्दा कोरोना निको हुनेको संख्या बढ्दो क्रममा रहेको भारतमा कोरोनानियन्त्रणउन्मुख भएको अनुमान स्वास्थ्य विशेषज्ञहरुले गरेका छन् ।
भारतमा पछिल्ला दिनमा संक्रमितको संख्या घट्दै गइरहेको परिवेशमा मृतक संख्यामा भने उल्लेखनीय कमी आउन सकेको छैन ।
पछिल्लो २४ घन्टामा भारतमा ४ हजार ९२ जनाको मृत्यु भएको छ । यससँगै भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ७४ हजार ४ सय ११ पुगेको छ ।