प्रचण्डले मागे पार्टीको आगामी दिशानिर्देशबारे सुझाव
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टी नयाँ ढंगले अगाडि बढ्ने अभियान सुरु गरेको छ । सो अभियानस्वरुप पार्टीले पहिलोचरणमा सर्वसाधारणलगायत कार्यकर्ताहरुको सुझाव तथा राय माग गरेको हो ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा जनाइएअनुसार पार्टीले आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपांग एवं शहिद परिवारलगायत नेता कार्यकर्ताको आरण अनि व्यवस्थापन र जिम्मेवारीका बारेमा नयाँ ढंगले अगाडी बढाउने सोच राखेको जनाइएको छ ।
माओवादी केन्द्रले युद्धका क्रममा घाइते भएका अपांग कार्यकर्ता र शहिद परिवारलाई विशेष किसिमको योजना बनाउनका लागि सुझाव संकलन गर्ने योजना बनाएको हो ।