स्वास्थ्य सामाग्री उपलब्ध गराउन कुटनीतिज्ञहरुसँग परराष्ट्रमन्त्रीको आग्रह


काठमाडौं – सरकारले कोरोना महामारी नियन्त्रणका लागि विभिन्न देशमा रहेका कुटनीतिज्ञहरुलाई आफू रहेको देशबाट स्वास्थ्य सामाग्री जुटाउनका लागि आग्रह गरेको छ ।

शनिवार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विभिन्न १३ देशमा रहेका कुटनीतिज्ञहरुसँग भर्चुअल बैठक मार्फत अन्तराष्ट्रिय समुदायबाट भइरहेको प्रयासको जानकारी लिँदै त्यस्तो आग्रह गरेका हुन् । भर्चुअल बैठकमा कुटनीतिज्ञहरुले पनि आफूहरुले सकेको सहयोग जुटाइरहेको बताएका थिए ।

नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेका बेला अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, चीन, भारत र रुस लगायतका देशहरुसँग खोसहितका अत्यावश्यक सामाग्रीका लागि सहयोग माग गर्दै पत्र समेत पठाएको छ । साथै त्यसबारे पनि कुटनीतिक पहल भइरहेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

प्रतिक्रिया