स्वास्थ्य मन्त्रालयले भन्यो, ‘बिरामीका आफन्तसँग अक्सिजन नमाग्नु’


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफन्त बिरामी भएको पीडामा रहेका आफन्तलाई अक्सिजन खोज्न लगाएर अस्पतालले थप पीडा नदिन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्ला दिनमा अस्पतालहरुले बिरामीका आफन्तलाई आफ्नो बिरामीलाई प्रयोग हुने अक्सिजन आफैं जोहो गर्नुपर्ने भन्दै पन्छिन लागेको पाइएकोले बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह गरेको हो ।

‘अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको भनी चिकित्सकले बिरामीका आफन्तलाई अक्सिजन लिएर आउनुस् भनेको सूचना अएको छ’, उनले भने, ‘सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।’

अक्सिजन अभाव भएको भन्दै धेरै अस्पतालले बिरामी पक्षलाई नै खोज्न लगाउने गरेका छन् ।

प्रतिक्रिया