रहेनन् ‘तिजको लहर आयो बरी लै’का गीतकार चेतन कार्की, कोरोनाका कारण निधन


काठमाडौं– बरिष्ठ गीतकार चेतन कार्कीको आइतबार निधन भएको छ। कोरोना संक्रमणका कारण उपचाररत उनको निधन भएको हो।

नेपाली सांगितिक क्षेत्रमा विख्यात नाम कमाएका गीतकार कार्कीको निधन भएको अर्का गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

८४ बर्षिय कार्की पछिल्ला दिनमा पनि गीत रेकर्डिङका क्रममा थिए। उनी भारतको देहरादूनबाट आएको केही दिनमा ज्वरो आई अस्पताल भर्ना भएका थिए। उनी फिल्म निर्देशक पनि हुन्।

प्रतिक्रिया