एफए कपको इतिहासमा लेष्टरले पहिलो पटक जीत्यो उपाधि


काठमाडाैं – लेष्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो ।

क्लब स्थापनाको १ सय ३७ वर्षे इतिहासमा लेष्टरले पहिलो पटक एफए कप जितेको हो । यस अघि लेष्टर चार पटक फाइनलमा पराजित भएको थियो ।

वेम्बली स्टेडियममा लेष्टरलाई जित दिलाउन युरी टियलमेन्सले निर्णायक गोल गरे । हारसँगै चेल्सीको भने नवौं पटक उपाधि जित्ने सपना विफल भएको छ ।

प्रतिक्रिया