मंसिरमा चुनाव हुने कांग्रेसको प्रक्षेपण, भदौको महाधिवेशन के गर्ला?


काठमाडौं– नेपाली कांग्रेसले आगामी मंसिरमा चुनाव हुने प्रक्षेपणसहित पार्टीका नेता कार्यकर्तालाई तयारीमा लाग्न निर्देशन दिएको छ।

उपसभापति विमलेन्द्र निधिले यस्तो प्रक्षेपण गर्दै अब चुनावी अभियानमा लाग्नुपर्ने बताएका हुन्। प्रधानमन्त्रीमा केपी शर्मा ओली फेरि नियुक्त भएपछि उक्त सम्भावना बढेर गएको छ।

एक महिनाभित्र विश्वासको मत नपाए ओलीले सदन विघटन गरी चुनावको घोषणा गर्ने कांग्रेसको प्रक्षेपण छ। सभापति शेरबहादुर देउवा पनि चुनाव नै चहान्छन्।

कांग्रेसले १४ औं महाधिवेशन भने भदौको पहिलो सातादेखिका लागि आह्वान गरेको छ। तर चुनाव घोषणा भएको खण्डमा संविधान संशोधन सदन या अध्यादेशमार्फत गराउँदै महाधिवेशन धकेल्ने प्रस्ताव सरकारलाई गर्नेछ।

प्रधानमन्त्री ओलीले सभापति देउवालाई यसअघि नै कांग्रेस जस्तो पुरानो पार्टीको आधिकारिकता कायम राख्नका लागि संविधान संशोधन हुने बताएका थिए।

त्यसो भए आम चुनावपछि मात्र कांग्रेसले महाधिवेशन गर्नेछ। संविधान संशोधनमार्फत महाधिवेशन सारे कांग्रेसले आगामी फागुनमा महाधिवेशन गर्नेछ।

प्रतिक्रिया