

कांग्रेस उपसभापति गच्छदारकी पत्नीको कोरोनाबाट मृत्यु

काठमाडौं – नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको कोरोना संक्रमणका कारण निधन भएको छ।
थापाथलीस्थित नर्भिक अस्पतालमा बिहान करिव ४ बजे उनको मृत्यु भएको परिवारनिकट श्रोतले जानकारी दिएको छ।
निर्मला दुई साताअघिदेखि नर्भिक अस्पतालमा उपचार गराइरहेको उनको २ दिन अघि कोरोना संक्रमण पुष्टि भएको उपसभापति गच्छदारका स्वकीय सचिव कन्हैया ठाकुरले जनाएका छन् । केहिदिनयता स्वासप्रस्वासमा समस्या देखिएपछी भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
उनको आजै दाहसंस्कार गरिने छ।

