थप अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज पुन: बेइजिङ जाँदै


काठमाडौँ – चिनियाँ अनुदानका अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिबार पुनः बेइजिङ जाँदै छ ।

वाइडबडी जहाज शनिबार साँझ बेइजिङ जाने यो जहाजले कम्तिमा ४ सय थान सिलिण्डर, ४ सय थान अक्सिजन कन्सन्ट्रेटर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने छ ।

गत वैशाख २७ गते पनि पहिलो खेपमा स्वास्थ्य सामग्री र अक्सिजन सिलिण्डर लिन वाइडबडी जहाज चीनको राजधानी बेइजिङ गएको थियो । चार सय थान अक्सिजन सिलिण्डर, १६० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान भेन्टिलेटर लगायतका सामग्री लिएर वैशाख २८ गते जहाज काठमाडौँ आइपुगेको थियो ।

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा दिने घोषणा गरेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल पठाउनका लागि दोस्रो खेपको अक्सिजन सिलिण्डर तयार भएको बताएकी छन् ।

प्रतिक्रिया