

ओली र नेपालबीच सिंहदरबारमा वार्ता जारी

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता जारी छ ।
वार्ताका लागि नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी भएका छन् ।
अध्यक्ष एवं प्रधानमन्त्री ओलीका तर्फबाट विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल पनि वार्तामा सहभागी भएका छन् ।
बिहीबार दिउँसो ओली र नेपालबीच भएको सहमति कार्यान्वयनबारे थप छलफल गर्न सिंहदरबारमा वार्ता सुरु गरिएको हो ।

