बालुवाटारमा ओलीलाई प्रचण्डलगायतले गरेको अनौपचारिक बैठकको निर्णयपत्र बुझाइयो


काठमाडौं– धुम्बाराहीमा अनौपचारिक भनी गरिएको नेकपा सचिवालय बैठकको निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताले बुझाएका छन्।

शनिबार प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ बालुवाटार पुगी उक्त निर्णयपत्र बुझाएका हुन्।

पार्टीका विवाद चुलिएका बेला सचिवालय र स्थायी समिति बैठक डाक्नुपर्नेलगायत प्रधानमन्त्री ओलीलाई कसले राजीनामा माग्यो भन्नेसम्मका प्रश्न समेटिएको निर्णय रहेको बताइन्छ।

प्रतिक्रिया