काेराेना भगाउने भारतीय अनाैठाे तरिका !

गाईको गोबर र गहुँतले नुहाएर कोरोना भगाउने अवैज्ञानिक उपाय नअपनाउन डाक्टर र वैज्ञानिकको चेतावनी


काठमाडौं – दोस्रो लहरको कोरोनाको महामारी बढेसँगै कोरोनाबाट बच्नका लागि अनेक हर्कत गरेको समाचार आईरहेका छन् ।

अर्ब बढी जनसंख्या रहेको भारतमा २ करोड बढी संक्रमित भइसकेका छन् भने साढे २ लाख बढीले ज्यान गुमाइसकेका छन् । मानिसहरु कोरोनाबाट बच्नका लागि अनेक उपायहरु अपनाईरहेका छन् । कतिपयले आयुर्वेदको सहारा लिइरहेका छन् भने कतिपयले जनमानसमा र ज्योतिषहरुले गरेका भविष्यवाणीमा भर परेका छन् ।

यसैक्रममा भारतको गुजरातमा मानिसहरुले अर्को अचम्मको उपाय अपनाएका छन् । मानिसहरु गाई पाल्ने ठाउँ अर्थात् गौशालामा गएर गाईको गोबर र गहुँतले नुहाइरहेका तस्बिरहरु सार्वजनिक भएका छन् । तर यस्तो कार्य गर्नु डाक्टरहरुले खतरा भएको र तत्काल प्रतिबन्ध लगाउनुपर्ने जनाएका छन् ।

गाईको गोबर र गहुँतले नुहाएको खण्डमा मानिसहरुले आफ्नो इम्युनिटी पावर बढ्ने र कोरोनाबाट बचिने भन्दै आएका छन् । स्थानीय एक फार्म हाउसका मेनेजर गौतम मणिलाल बोरिसाले आफ्नो फार्ममा कतिपय डाक्टरहरु पनि आएको बताएका छन् । डाक्टरहरुले नै गोबर र गहुँतले आफ्नो इम्युनिटी पावर बढ्ने बताउँदै कोभिड बिरामीको उपचार गर्न सहज हुने बताउँदै गोबर र गहुँतले नुहाउन आउने बताएका छन् ।

कतिपयले गोबर र गहुँत लगाएर योगासमेत गरिरहेको जनाएका छन् । यस्ता उपचार पद्धतिलाई भारतीय डाक्टर बैज्ञानिकहरुले मनगढन्ते उपचारपद्धति भन्दै झन् नकारात्मक प्रभाव पार्ने बताउँदै आएका छन् ।

Indians putting cow dung

Indians putting cow dungIndians putting cow dungIndians putting cow dungIndians putting cow dungindians putting cow dungIndians putting cow dung

प्रतिक्रिया