

कोरोनाबाट प्रदेश सभा सदस्य चौलागाईंको निधन

काठमाडौं – बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो ।
अस्पताल भर्ना गरिएका उनको अवस्था सामान्य थियो। तर विस्तारै स्वास्थ्यमा समस्या आएपछि गम्भीर बिरामी परेका उनको निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए।
स्वास्थ्यमा समस्या देखिएपछि गत २० गते पिसीआर परीक्षण गरेका चौलागाईंलाई २१ गते कोरोना पुष्टि भएको थियो।
नेता चौलागाईं दोलखा ‘ख’ बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

