झलनाथ खनाल र महेश बस्नेत कोरोना संक्रमणमुक्त


काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ संक्रमणमुक्त भएका छन्। नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनी आइतबार साँझ संक्रमणमुक्त भएका हुन्।

उनका स्वकीय सचिव कृष्ण भट्टराईले आइतबार पीसीआर परीक्षण गर्दा उनमा सङ्क्रमण नदेखिएको बताए। उनका अनुसार संक्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहने भएका छन्।

संक्रमित भएपछि यही १८ वैशाखमा अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए।

यस्तैएमालेका नेता तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेत पनि कोरोना संक्रमणबाट पाँच दिनमै मुक्त भएका छन्। २३ वैशाखमा संसद भवनमा गरिएको परीक्षणबाट बस्नेतमा कोरोना संक्रमण पुष्टी भएको थियो।

बस्नेतको आज विहान दोस्रो परीक्षणको नेगेटिभ रिपोर्ट आएको हो। घरमै आइसोलेसनमा बसेका बस्नेतले आफ्नो पहिलो रिपोर्टमा सिटी भ्यालु ३६ देखिएकाले चिकित्सकको सल्लाहमा तत्कालै अर्को परीक्षण गर्दा नेगेटिभ आएको बताए।

प्रतिक्रिया