

ओलीलाई विश्वासको मत नदिने राजमोको निर्णय

काठमाडौं – राष्ट्रिय जनमोर्चा पार्टी (राजमो) ले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
देशमा केपी ओली सरकारले देश अनिर्णयको बन्दी बनाउदै विद्यमान संविधान, गणतन्त्र र संसदीय मूल्य मान्यता र विधि प्रक्रियाको उल्लंघन भएको भन्दै प्रधानमन्त्री ओलीको विपक्षमा जाने बताएको छ ।
राष्ट्रिय जनमोर्चाका नेता आन्नद शर्माले यसप्रकारको कार्यले संवैधानिक व्यवस्था, बहुदलीय प्रजातान्त्रिक मूल्य, मान्यता र राजनीतिक नैतिकताको खिल्ली उडाएको छ त्यसैले हामीले प्रधानमन्त्री मन्त्रीको विश्वासको विपक्ष मत जाहेर गर्ने निर्णय गरेका छौ ।’
ओली नेतृत्वको केन्द्रीय सरकार र प्रदेश सरकारका यसप्रकारका हर्कतले देशको विद्यमान संविधान, गणतन्त्र र संसदीय मूल्य मान्यता र विधि प्रक्रियाको उल्लंघन भएको पार्टीले जनाएको छ । ‘यस्ता गतिविधिले प्रतिगमनलाई थप मद्दत पुग्ने छ । राष्ट्रिय जनमोर्चाले यस्ता असंवैधानिक, अप्रजातान्त्रिक, विधि प्रक्रियाको उल्लंघन गर्ने र षड्यन्त्रपूर्ण राजनीतिक चालबाजीको घोर विरोध र भत्र्सना गर्दछ साथै प्रतिगामी गतिविधिप्रति सचेत रहन र तिनका विरुद्ध संघर्ष गर्न राजनीतिक दलहरु तथा जनतासँग हार्दिक अपील गर्दछौ,’ नेता शर्माले बताए ।
राष्ट्रिय जनमोर्चाले बर्तमान केन्द्र सरकार देखि प्रदेश सरकार सम्म एक भएर ओलीको अधिनायकवाद विरूद लाग्ने जनाएको छ । नेता शर्माले नयाँ सरकार गठनमा पनि आफूहरूले सहयोग गर्ने बताए । तर राष्ट्रिय जनमोर्चालाई केन्द्र देखि प्रदेश सरकारमा सहभागी हुन भन्नेता पनि सरकारमा भने सहभागी नहुने स्पस्ट पारेको छ ।
‘प्रधानमन्त्रीसँगै प्रदेशमा वामपन्थी नेतृत्वको सरकारलाई समर्थन दिएको हो । उहाँहरूले सक्नुभएन । संसद खत्तम पार्नुभयो । संसदीय नीति ध्वस्त पार्नुभयो,’ उनले भने, ‘प्रतिगमनको विरोधमा जो आउँछ उनीहरूलाई नै हाम्रो साथ रहन्छ ।’
आफूहरूले सरकार बन्दा वामपन्थी भनेर साथ दिएको तर अब केपी ओली नसच्चिए साथ दिन नसकिने राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
मुख्यमन्त्री गुरुङले राजीनामा दिएसँगै तीन दिनभित्र सरकार गठन गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गरेकी छन् ।
सो व्यवस्था अनुसार गण्डकी प्रदेशमा अब गठबन्धन सरकार बन्ने छ । राष्ट्रिय जनमोर्चाले नयाँ पृथ्वी सुव्वालाई साथ नदिने निर्णय संगै सुब्बा नेतृत्वको सरकार बाट नयाँ सरकार बन्ने पक्का पक्की भईसकेको र आफ्नो निर्णयमा अडिग रहन्ने र कुनै प्रलोभन र सत्ताको स्वादमा नफस्ने राष्ट्रिय जनमोर्चाले दोहाराएको छ ।

