

नेपाल सुपर लिगः काठमाडौं शीर्ष स्थानमा रहँदै प्ले अफमा

काठमाडाैं – नेपाल सुपर लिगअन्तर्गत आज भएको अन्तिम खेलमा काठमाडौंँ रेजर्सले एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गरेको छ । कुल ६ खेलबाट १३ अंक जोडेको काठमाडौँ लिगको शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडाैंका लागि विदेशी मेसोउके ओलोमोऊ र संजोग राईले एकएक गोल गरे । चितवनका लागि सान्त्वना गोल राजीव लोप्चनले गरे । खेलको १७ औंँ मिनेटमा काठमाडौंका ओलोमोउले गोल गरेका हुन् । यस्तै खेलको ३४ औंँ मिनेटमा राईले काठमाडौं लागि दोस्रो गोल गरे ।
यसैगरी चितवनका लागि खेलको ४०औंँ मिनेटमा लोप्चनले गोल गरेका हुन् । खेलको ४४ औंँ मिनेटमा काठमाडौंंका विश्वास श्रेष्ठले हानेको बल गोलपोष्टबाट बाहिरियो । यस्तै खेलको ८१ औंँ मिनेटमा काठमाडौंंका प्रिजेन तामाङ गोल गर्नबाट चुके ।
चितवनले लिगका कुनै पनि खेल जित्न सकेन । चितवनले ६ खेलमा चारमा हार तथा दुई खेलमा बराबरी खेल्यो । काठमाडौंंले अब फाइनल प्रवेशका लागि मंगलबार धनगढी एफसीसँग प्लेअफमा खेल्नेछ ।

