नेपाल समूहले दियो ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम


काठमाडौँ – नेकपा (एमाले) माधवकुमार नेपाल पक्षले आफ्‍ना माग पूरा गर्ने प्रतिबद्धताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ ।

आइतबार बेलुकी सिंहदरबारमा बसेको झलनाथ खनाल-माधव नेपाल समूहका सांसदहरुको बैठकले २०७५ जेठ २ अनुसार पार्टी फर्काउने र आगामी दिनमा पार्टी सहमतिमा चलाउने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहानसम्मको समय दिने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।

अध्यक्ष ओलीबाट आफूहरुले भनेबमोजिम नभए कठोर निर्णय लिइने नेता भट्टराईले बताए । अध्यक्ष केपी शर्मा ओलीको जवाफ आएपछि राजीनामा दिनुपर्ने, ‘फ्लोरक्रस’ के गर्ने भन्ने निर्णयमा पुग्नेछौं,’ उनले भने, ‘ओलीले सबै माग पूरा गर्नुभयो भने हामी सरकारको पक्षमा विश्‍वासको मत दिन्‍छौं ।’

नेपाल समूहले सोमबार बिहान साढे ९ बजे आफ्ना सांसदहरुलाई संसद् सचिवालयमा बोलाएको छ ।

प्रतिक्रिया