

दिल्लीमा थप एक साता कडा लकडाउन हुने

दिल्ली – कोभिड १९ संक्रमणका कारण भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा थप एक साता लकडाउन बढाउने निर्णय गरेका छन् ।
उनले यसपटकको लकडाउन थप कडा हुने बताएका छन् । लकडाउनभन्दा पहिला कोरोनाको संक्रमण दर ३५ प्रतिशत रहेकोमा यसपटक घटेर २३ प्रतिशतमा आएको उनले बताए ।
केजरीवालले लकडाउन लम्ब्याउनु आफ्नो रहर नभई बाध्यता भएको उल्लेख गरेका छन् । सोमबारदेखि दिल्लीमा मेट्रो रेल पनि चल्ने छैन । यो लकडाउन १७ मेसम्म जारी रहने छ ।
गत अप्रिल १९ मा केजरीवालले ६ दिनका लागि लकडाउनको घोषणा गरेका थिए ।

