

लोक सेवा आयोगको अध्यक्षमा देउवा कोटाबाट पूर्वसचिव रेग्मीको नाम सिफारिस

काठमाडौं– संवैधानिक परिषदको बैठकले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीको नाम सिफारिस गरेको छ। आइतबार बसेको परिषदको बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोटामा रेग्मीको नाम सिफारिस गरेको हो।
रेग्मी कांग्रेस र त्यसमा पनि देउवानिकट मानिन्छन्। उनी नेकपा ऋषि कट्टेललाई जिम्मा लगाउँदै एमाले र माओवादी ब्युँताउने फैसला गर्ने दुई मध्ये एक जना न्यायाधीश कुमार रेग्मीमा दाजु हुन्।
निजामति प्रशासनमा प्राय सबै पदको अनुभव सँगालेका उनी लोक सेवा आयोगको सचिव रहेका बेला नै सेवानिवृत्त भएका थिए। ८ बर्ष आयोगमा काम गरेको अनुभव सँगालेका उनी प्रधानमन्त्री केपी शर्मा ओलीका गृह जिल्ला झापाका हुन्।
उनी गौरादह–३ का हुन्। हाल काठमाडौंको अनामनगरमा बस्दै आएका रेग्मीको नाम देउवाले पठाएको बताइन्छ।

