
राजीनामा दिन अस्वीकार गरेका माधव पक्षीय सांसद केसी भन्छन्– सरकार ढाल्नु अपराध
काठमाडौं– नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसद हिराचन्द्र केसीले राजीनामा नदिने घोषणा गरेका छन्।
अध्यक्ष केपी शर्मा ओलीको सरकार ढाल्नका लागि राजीनामा पत्रमा हस्ताक्षर गराइरहेका नेपाललाई उनले यो राजनीतिक अपराध हुने उत्तर फर्काएका छन्।
‘आफ्नै पार्टीको सरकार ढाल्नु राजनीतिक अपराध मात्र होइन, जनताले दिएको जनमतको अपमान पनि हो। त्यसैले राजीनामा दिन्न’, उनले भनेका छन्।
केसी दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन्।



कागजपत्र |
