स्वास्थ्य मन्त्रालयको सिफारिसबिना अक्सिजन विक्री वितरण गरे कारवाही !


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस बिना कुनै पनि सरकारी, सामुदायीक तथा निजी अस्पतालहरुलाई अक्सिजन ग्यास सिलिन्डर भरी बिक्री वितरण नगर्न अनुरोध गरेको छ ।

मन्त्रालयले अक्सिजन सम्बन्धी व्यवसाय गर्दै आएका कम्पनीलाई सिफारीसबिना बिक्री वितरण पाइएमा कानुन अनुसार कारर्बाही हुने चेतावनी समेत दिएको छ।

दिनप्रतिदिन फैलिरहेको कोभिड(१९ महामारीको दोस्रो लहरका कारण धेरै संक्रमितलाई अक्सिजनको आवश्यकता परेकाले अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्नका लागि मन्त्रालयले आफ्नो सिफारिस बिना ग्यास सिलिन्डर भरी बिक्री वितरण नगर्न सम्बन्धित कम्पनीलाई अनुरोध गरेको हो ।

प्रतिक्रिया