

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद बैठक, लोक सेवालगायतमा सिफारिस हुने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक आइतबारका लागि बोलाएका छन्।
लोक सेवा आयोग, समावेशी आयोगलगायतमा पदाधिकारी सिफारिसका लागि उक्त बैठक बोलाइएको हो। संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको पर्सीपल्ट प्रधानमन्त्रीले परिषदको बैठक डाकेका हुन्।
लोक सेवा आयोगमा प्रमुख आयुक्तलगायत सबै पदाधिकारी रिक्त छन्। अख्तियारमा दुई सदस्य खाली छन् भने समावेशी आयोगमा पनि सदस्य आवश्यक छ।

