

राष्ट्रिय सभा सदस्यमा नेमकिपाबाट पनि उम्मेदवारी दर्ता

काठमाडौँ – वाग्मती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले पनि उम्मेदवारी दर्ता गराएको छ ।
नेमकिपाबाट काभ्रेका कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका हुन् । तामाङको प्रस्तावकमा नेमकिपाका प्रदेश सांसद सुरेन्द्रराज गोसाई र समर्थकमा प्रदेश सांसद सिर्जना सायँजु बसेका छन् ।
उनी नेमकिपाका केन्द्रीय सदस्य हुन् । प्रदेश निर्वाचन कार्यालयमा तामाङको उम्मेदवारी दर्ता भइसकेको छ । प्रदेशमा नेमकिपाका २ प्रदेश सांसद मतदाताका रुपमा रहेका छन् ।
त्यस्तै, एमालेबाट गृहमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा ‘बादल’ को उम्मेदवारी परेको छ । बादलविरुद्ध एमालेकै माधव नेपाल पक्षका खिमलाल देवकोटा कांग्रेस र माओवादीको समर्थनमा उम्मेदवार बनेका छन् ।

