

हिमालय एयरको शुक्रबारको उडान नियमित

काठमाडौं – हिमालय एयरल्यान्सको शुक्रबारको उडान नियमित हुने जनाएको छ ।
कम्पनीले सूचना जारी गर्दै शुक्रबार हुने दमाम–काठमाडौं र क्वालालम्पुर– काठमाडौंको उडान नियमित हुने जनाएको हो ।
सरकारले शुक्रबार राती १२ बजे देखिनै नियमीत रुपमा हुने अन्तराष्टि्रय उडानको तालिका बैसाख ३१ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
सरकारले आन्तरिक उडान समेत बैसाख २० गते देखि ३० गतेसम्मका लागि उडान स्थगित गरेको छ ।

