

मन्त्रिपरिषद बैठक डाकेर शीतल निवास किन पुगे प्रधानमन्त्री ओली?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार अपरान्ह ५ बजेका लागि मन्त्रिपरिषदको बैठक डाकेका छन्।
सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक डाक्नासाथ उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।
एमाले स्थायी कमिटीको बैठक सकेपछि मन्त्रिपरिषदको बैठक डाक्दै शीतलनिवास पुगेका प्रधानमन्त्री ओलीले स्वास्थ्य संकटकाल लगाउन सक्ने अनुमान गरिएको छ।
कोरोना भाइरस महामारीले व्यापकता लिन थालेपछि प्रधानमन्त्री ओली उक्त निचोडमा पुगेको अनुमान गरिएको छ।

