

महिला बालबालिका मन्त्री जुली महतोलाई कोरोना संक्रमण

काठमाडौं– महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोलाई कोरोना भाइरस संक्रमण भएको छ। सामाजिक सञ्जालमार्फत संक्रमण पुष्टि भएको मन्त्री महतोले जानकारी दिएकी छन्।
‘मेरो पनि कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखाएको छ। चिकित्सकको निगरानीमा छु, आत्मविश्वास र मनोबल उच्च छ’, उनले लेखेकी छन्,‘छिट्टै नै पुर्ण स्वस्थ भएर आफ्नो नियमित कार्यमा फर्किनेछु। दशौं औला जोडेर सबैलाई विनम्र आग्रह छ – सजग बनौं !’

