म्यानमारमा हतियार प्रतिबन्ध लगाउन एमनेष्टीको माग


काठमाडाैं – इमनेस्टी इन्टरनेशनललगायत विभिन्न २० सय भन्दै बढी गैरसरकारी संस्थाहरुले म्यानमार हतियारको प्रतिबन्ध लगाउन माग गरेका छन् ।

गत फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकार हटाएर सत्ता लिएसँगै भएका विरोध प्रदर्शनहरुमा अत्यधिकरुपमा हतियारको प्रयोग भएको भन्दै विभिन्न गैरसरकारी संस्थाहरुले म्यानमारमा विश्वव्यापीरुपमा हतियारमाथि प्रतिबन्ध लगाउन माग गरेका हुन् ।

एमनेस्टीका लागि राष्ट्रसंघीय अधिवक्ता लरेन्स मोसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले म्यानमारको सेनाको हतियारको प्रयोगलाई अन्त्य गर्नका लागि विश्वव्यापी रुपमा प्रतिबन्ध लगाउनुपर्ने बताए ।

उनले अन्तर्राष्ट्रिय समूदायले म्यानमारप्रति देखाएको चासो र चिन्ताप्रति बेवास्ता गरेकाले हतियार प्रतिबन्ध गर्नुको विकल्प नभएको बताएको अलजजिराले जनाएको छ । म्यानमारमा सेनाको हतियारमाथि विश्वव्यारी प्रतिबन्ध लगाएर सेनाको बढ्दो हिंसा नियन्त्रणको प्रयास गर्न ढिलो भइसकेको एमनेस्टीको ठहर छ ।

गत फेब्रुअरीयता सेनाको कदमविरुद्ध दिनहुँ भएका विरोध प्रदर्शनमा सेनाले अत्यधिक बल प्रयोग गरेर मानवअधिकारको चरम दुरुपयोग गरेको पनि एमनेस्टीको ठहर छ । स्थानीय मानवअधिकारवादी संस्थाहरुका अनुसार सेनाले आफूविद्धको प्रदर्शन रोक्न घातक हतियारको प्रयोग गरेको छ । एजेन्सी

प्रतिक्रिया