प्रचण्डका भाई भनिएका अस्ट्रेलियाका राजदूत दाहाल बर्खास्त


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाई भनिएका अस्ट्रेलियाका लागि नेपालका राजदूत महेशराज दाहाललाई सरकारले बर्खास्त गरेको छ।

मन्त्रिपरिषदको सोमबारको बैठकले दाहाललाई बर्खास्त गरेको हो। यसअघि माओवादीकै कोटामा रहेकी राजदूत लक्की शेर्पा विभिन्न विवादका कारण बर्खास्त भएपछि २०१९ मा दाहाललाई अस्ट्रेलिया पठाइएको थियो।

सरकारले जापनकी राजदूत प्रतिभा राणालाई थमौति दिएको छ। उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी आफन्त पर्छिन्। ओमानकी राजदूत शर्मिला पराजुली ढकाललाई पनि थमौति दिइएको छ।

प्रतिक्रिया