

कोरोना संक्रमित खेलाडी वरुन र सन्दीपको अवस्था सामान्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) टोली कोलकाता नाइट राइडर्सका कोरोना संक्रमित दुई खेलाडीको अवस्था समान्य रहेको बताइएको छ ।
सोमबार कोरोना देखिएका वरुन चक्रवर्ती र सन्दीप वरियरको अवस्था सामान्य रहेको क्लबले जनाएको छ । क्लबका सीईओ भेन्की माइसोरेले ‘क्रिक इन्फो’सँग भने, ‘वरुनको केही समस्या देखिएको छ । सन्दीप पूर्ण रुपमा ठिक भइसकेका छन् । उनमा केही लक्षणहरू पनि देखिएको छैन ।’
कोलकाताका दुई खेलाडीमा कोरोना देखिएपछि सोमबार रहेको कोलकाता र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल स्थगित गरिएको थियो ।

