एमाले अध्यक्ष ओलीले खनाल-नेपाल पक्षका थप ३ सांसदलाई सोधे स्पष्टीकरण


काठमाडौँ – नेकपा एमाले अध्यक्ष तथा एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका थप तीन जना सांसदहरुसँग स्पष्टीकरण सोधेका छन् ।

अध्यक्ष ओलीको एमाले निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले तीन सांसदलाई स्पष्टीकरण सोधेका हुन् । सांसदहरु समिना हुसेन, कलिला खातुन, गंगा चौधरीलाई स्पष्टीकरण सोधिएको कार्यालय सचिव तामाङले पुष्टि गरे बताए।

तीनै जनालाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट स्पष्टीकरण सोधिएको छ । अहिले कोरोना महामारी भएकाले भौतिक रुपमा पत्र पठाउन सम्भव छैन तामाङले भने बताए । तीन जनाको स्पष्टीकरण आइसकेको पनि उनले बताए ।

‘तीन जनालाई सोधिएको स्पष्टीकरणको जवाफ पनि आइसकेको छ । उहाँहरुलाई चार दिनअघि स्पष्टिकरण सोधिएको थियो । अहिले उहाँहरुको स्पष्टीकरणको जवाफ अध्ययन भइरहेको छ’, उनले भने ।

एमालेले नेता माधवकुमार नेपालसहित प्रतिनिधि सभाका २७ र कर्णाली प्रदेशका ५ गरी ३२ सांसदलाई स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया