

देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले सोमबार दिउँसो साढे ३ बजे समसामयिक विषय र कोभिड–१९ बारे सम्बोधन गर्न लागेको जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आज ३:३० बजे समसामयिक विषय र काेभिड-१९ काे सन्दर्भमा
देशवासीका नाममा सम्बाेधन गर्नुहुने जानकारी गराउन चाहन्छु ।
सम्बाेधनकाे प्रत्यक्ष प्रशारण नेपाल टलिभिजनबाट हुने व्यवस्था मिलाइएकाे छ ।— Surya Thapa (@ThapajiSurya) May 3, 2021

