भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको ‘गार्ड अफ अनर’
काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज कुमार नरवणेलाई नेपाली सेनाले गार्ड अफ अनर दिएको छ ।
नरवणेलाई सेनाले आर्मी हेडक्वाटरमा बिहीबार गार्ड अफ अनर प्रदान गरेको हो । त्यसअघि नरवणे सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।
सैनिक मुख्यालमा प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटपछि सेनाले गार्ड अफ अनर प्रदान गरेको हो ।
उनलाई अपराहन्न राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा हुने विशेष कार्यक्रममा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यसपछि नरवणेले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।