

पर्यटनमन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ ।
मन्त्री ढकालसँगै उनकी पत्नी इन्दिरा फुयाललाई पनि संक्रमण पुष्टि भएको छ ।
उनीहरू दुवैको आइतबार विहान स्वाब दिइएकाेमा पाेजेटिभ आएको जनाइएकाे छ । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका ढकालको स्वास्थ्य अवस्था भने सामान्य रहे पनि पत्नीलाई भने अस्पताल लगिने तयारी गरिएको छ ।

