माक्स नलगाई स्थानिय जथाभाबी निस्कन थालेपछि हुम्लामा प्रहरीले गर्याे कडाई


सुर्खेत – कोभिड १९ नियन्त्रण गर्न हुम्लामा प्रहरी जुटेका छन् । नेपालगन्ज र सुर्खेतमा कोरोना तीव्र गतिले फैलिरहेको बेला हुम्लाका स्थानियबासीहरु माक्स नलगाएर जथाभाबी निस्कन थालेपछि सचेतनाका लागी प्रहरी जुटेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

विशेष गरी सिमिकोट बजारमा विना मास्क हिड्डुल गर्ने, विवाह र पुजामा ठुलो जमघट गर्ने, सामाजिक दुरी कायम नगर्ने गरेको पाएपछि पुर्वसावधानी अपनाउन प्रहरी जुटेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्ब शर्माले बताए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय हुम्लाको मातहतमा रहेका इलाका र चौकीहरूले माइकिङ गर्ने, हात धुन सिकाउने, मास्कको प्रयोग गर्न आग्रह गर्ने, कोरोनाको लक्षण देखिन साथ स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने,शङ्कास्पद व्यक्ति भेटिएमा प्रहरीलाई जानकारी गराउने जस्ता चेतना फैलाइरहेको डिएसपी शर्माले बताए ।

 

प्रतिक्रिया