

राष्ट्रपति भेट्न शीतलनिवासमा प्रधानमन्त्री ओली, ‘स्वास्थ्य संकटकाल घोषणा गर्न सक्ने’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्। एमाले स्थायी कमिटीको बैठक सकी उनी राष्ट्रपति कार्यालय शितलनिवास पुगेका हुन्।
मुलुकमा कोरोना भाइरसको दोस्रो लहरले व्यापकता लिएपछि प्रधानमन्त्री राष्ट्रपतिकहाँ पुग्नुलाई अनेक अर्थमा व्याख्या गरिएको छ। कतिपयले भने स्वास्थ्य संकटकाल घोषणा हुन सक्ने अनुमान गरेका छन्।
सरकारले भने यस विषयलाई आधिकारिक रुपमा पुष्टि गरेको छैन। तर उच्च स्रोतहरूका अनुसार मन्त्रिपरिषदमा पनि यस विषयमा चर्चा चलेको थियो तर कुनै निर्णय भने भएको थिएन।

