


कोरोनाका कारण अर्की एक भारतीय पत्रकार तथा अभिनेत्रीको निधन

नयाँ दिल्ली – पछिल्ला दिन भारतमा कोरोनाको असर निकै देखिएको छ । भारतमा कोरोनाका कारण पछिल्ला केही दिन यता सेलेब्रिटीहरुले ज्यान गुमाएका समाचार पनि आइरहेका छन् ।
यहीबीच भारतकी एक पत्रकार तथा अभिनेत्री कनुप्रियाले पनि कोरोनाका कारण ज्यान गुमाएकी छिन् ।
उनी पहिले भारतीय टिभी दूरदर्शनमा काम गर्ने गर्थिन् । पछि उनले फिल्महरुमा पनि अभिनय गरिन् जुन निकै लोकप्रिय समेत भएका थिए । एजेन्सी

