

३ दिनमा २० हजार बढीले गरे हवाई यात्रा, विमास्थलमा भिड

काठमाडौं – सरकारले काेराेनाकाे राेगथाम तथा नियन्त्रण र संक्रमणकाे चेन ब्रेक गर्नका लागि वैशाख १६ गतेबाट उपत्यकाकाे तीनै जिल्लामा निषेधाज्ञा गरिररहेकाे छ। निषेधाज्ञामा निजी तथा सार्वजनिक सवारी पूर्णरूपमा बन्द गरिएकाे भए पनि आन्तरिक हवाई उडान भने सुचारू छ।
उपत्यका आउने र बाहिर जानेका लागि आन्तरिक उडान विकल्प भएकाे छ। उपत्यकाको निषेधाज्ञा भएकाे ३ तीनमै २० हजार २ सय २७ जनाले आन्तरिक हवाई यात्रा गरिसकेका छन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख प्रतावबाबु तिवारीका अनुसार आन्तरिक उडान भएपछि उडान संख्या र,यात्रु चाप भने विस्तारै घटिरहेकाे छ।
सुरूका दिनमा उपत्यकाबाट बाहिरने र भित्नेरकाे संख्या केही तलमाथि भए पनि अहिले उपत्यका छाेडेनेकाे संख्या बढी रहेकाे छ। तिवारीका अनुसार उपत्यका आउनेकाे संख्या न्यून छ।
उनका अनुसार १६ गते १ सय ४ उडान मार्फत ८ हजार २ सय ६९ जनाले हवाई यात्रा गरेका थिए, जसमा उपत्यका छाेडने ५ हजार ४ सय ५३ थिए भने उपत्यका प्रवेश गर्ने यात्रुकाे संख्या २ हजार ८ सय १६ थियाे। यसैगरी १७ गते ७९ उडान मार्फत ६ हजार २ सय ७६ यात्रुले हवाई यात्रा गरेका थिए, जसमा उपत्यका छाेडनेकाे संख्या ४ हजार ८३ र उपत्या प्रवेश गर्ने यात्रुकाे संख्या २ हजार १ सय ९३ जना रहेकाे तिवारी बताउँछन्।
यसेैगरी १८ गते ७४ वटा उडान भएका थिए। हवाई यात्रुकाे संख्या भने ५ हजार ६ सय ८२ थियाे, जसमा उपत्यका छाेड्नेकाे संख्या १ हजार ७ सय ४५ थियाे। आन्तरिक उडानकाे विषयमा विवाद भएकाे र प्रहरीलाई पनि व्यवस्थापनमा असहज भएकाे र विमानस्थलमा पनि भिड भडेकाे भन्दै उडान बन्द गराउने तयारी भएकाे छ।
सीसीएमसीले उडानमा भिडभाड भएकाे र यात्रु व्यवस्थापनमा समेत असजता भएकाे भन्दै तत्कालनै उडान बन्द गराउनु उचित हुने भनै निर्णयका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेकाे छ।
सीसीएमसीकाे सिफारिस अनुसार अब बस्ने मन्त्रिपरिषद्ले आन्तरिक हवाई उडान बन्द गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण उच्च स्राेतकाे दाबी छ। सुरक्षा मापदण्ड पालन केही ठाउँमा भएपनि अधिकांश ठाउँमा नभएकाे अनुगमनमा समेत फेला परेकाे छ।

