

अमेरिकाको प्राथमिकतामा नेपाल, थप ८५ लाख डलर सहयोग घोषणा

काठमाडौं – कोरोनाविरुद्धको खोपको आपूर्तिमा नेपाललाई प्राथमिकतामा राख्ने अमेरिकाले प्रतिबद्धता गरेको छ । अमेरिकाले कोभिड-१९ विरुद्धको लडाइमा आफू नेपालसँगै उभिएको बताउँदै खोपको आपूर्तिमा नेपाललाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको हो ।
काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ता अन्ना रिचे एलेनले उक्त कुरा बताएकी हुन् । राष्ट्रसंघको खोप आपूर्ति कार्यक्रम कोभ्याक्समा अमेरिकाले २ बिलियन डलरको प्रतिबद्धता जनाएको र थप २ बिलियन डलर सहयोग हुन लागेको समेत उनले जनाएकी छिन् ।
उक्त खोप उपलब्ध हुने वित्तिकै अमेरिकाले अस्टाजेनेका खोप वितरण सुरु गर्ने समेत उनले जनाएकी छिन् ।
यसैबीच, अमेरिकाले नेपाललार्ई कोरोनाभाइरसविरुद्धको लागि थप ८५ लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अमेरिकी दूतावासले शुक्रबार विज्ञप्ती जारी गर्दै सहयोग नियोगमार्फत रकम उपलब्ध गराउने घोषणा गरेको हो ।

