

कोरोना फैलिएपछि पाँच स्थानमा नेपाली सेना परिचालन

झापा – झापाका पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण विरुद्ध सचेतना फैलाउन सेनाले गस्ती शुरु गरेको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले मेचीनगर, भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगन्ज र झापा गाउँपालिकामा सेनाले गस्ती गर्न शुरु गरेको बताए ।
उनले ती पाँच स्थानीय तह भारतसँग सीमा जोडिएका स्थानीय तह भएकाले सीमा क्षेत्र भन्दा पाँच किलो मिटर उत्तर क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सपोर्टका लागि सेना परिचालन गरिएको बताए ।
सशस्त्र नेपाल प्रहरीलाई थप सपोर्टका लागि सेना परिचालन गरिएको प्रजिअ तिमिल्सिनाले बताए । यसअघि पनि कोरोनाको पहिलो लहरको कोभिड-१९ को महामारी तीब्र गतिमा फैलिएका बेला नेपाली सेनाको टोली दक्षिण झापाको कचनकबल गाउँपालिकामा परिचालन गरिएको थियो ।

