

निषेधाज्ञाका कारण यसरी घट्यो कुखुराको मासुको मूल्य

काठमाडाैं – उपत्यकामा हालसम्म कै उच्च मुल्य भएर रेकर्ड बनाएकाे कुखुराकाे मासुकाे मुल्य पछिल्लाे सातामा घटेकाे छ । हाल पुनः एक पटक कुखुराको मासुको मूल्य घटेको हाे ।
सातामा तेस्रो पटक मूल्य घटेपछि अहिले जिउँदो कुखुरा प्रतिकिलो २ सय ५० रुपैयाँमा पाउन थालिएकाे छ । योसँगै एक सातामा तीन पटक मासुको मूल्य घटेको हो । निषेधाज्ञा जारी भएसँगै कम खपत भएकाले मूल्य घटेको हो ।
जिउँदो कुखुराको मासुको मूल्य प्रतिकिलो २५० रुपैयाँसम्म पाइन थालेको छ । यसभन्दा अघि जिउँदो कुखुराको मासुको मूल्य ३०० रुपैयाँ भएको ह्याचरी संघले जनाएको छ ।

