निषेधाज्ञामा पेट्रोलियम पदार्थ सहजै उपलब्ध हुनेः निगम (विज्ञप्तिसहित)


काठमाडौं — नेपाल आयल निगमले निषेधाज्ञाको समयमा पेट्रोल पम्पहरु खुल्ने जनाएको छ । काठमाडौं उपत्यकामा बिहीबारबाट सुरु भएको निषेधाज्ञामा उपत्यकाका कुनै पनि पेट्रोल पम्प बन्द नहुने निगमले जनाएको हो ।

बुधबार एक विज्ञप्ति जारी गर्दै निगमले इन्धनको आपूर्ति रुपमा भइरहेकोले निषेधाज्ञामा सहजै इन्धन पाइने जनाएको उल्लेख गरेको छ । साथै निगमले यस समयमा डिपो पनि खुला नै रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिहीबार निषेधाज्ञा शुरु भएसँगै उपत्यकाका पेट्रोलपम्पहरुमा भिडभाड बढेको छ । निषेधाज्ञाले पेट्रोलियम पदार्थ नपाइने हो की भन्ने त्रास जनमानसमा फैलिरहेको छ । पेट्रोल पम्पबाट बोटल, जर्किनमा समेत इन्धन भरेर लैजानेहरुको भीड लागेको देखिन्छ ।

प्रतिक्रिया