
आन्तरिक उडान समेत बन्दको सिफारिस गर्दै सीसीएमसी
काठमाडौं– सार्वजनिक र नीजि यातायात उपत्यकामा बन्दसँगै निषेधाज्ञा जारी भएको अवस्थामा मानिसको चाप विमानस्थलमा बढेपछि आन्तरिक उडान बन्दको तयारी भएको छ।
त्रिभुवन विमानस्थलमा डोमेस्टिकमा यात्रुको चाप बढ्न थालेपछि कोरोना नियन्त्रणका निम्ति कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले उक्त प्रस्ताव तयार पार्ने भएको हो।
वैशाख महिनासम्म उडानलाई भने छुट दिने मन्त्रिपरिषदको निर्णय थियो। तर त्यसलाई पनि तत्काल बन्द गर्ने निचोड निकालिएको छ। ‘विमान यात्रुमा कोभिडका समस्या देखिएको खण्डमा आन्तरिक उडान बन्द हुनेछन्। तैपनि यो चापका कारण सिफारिसचाहिँ गरिनेछ’, स्रोतले भन्यो।



कागजपत्र |
