कंलकी ट्राफिकले गर्यो जनचेतनामूलक स्टिकरको सुरूआत


काठमाडौं – कोभिड १९ को महामारीले भयावह रुप ल्याइरहेको अबस्थामा प्रहरीले जनचेतनामूलक स्टिकर टास्ने अभियानको शुरुवात गरेको छ ।

‘हरप्रहर नगरी टोलटोलमा नेपाल प्रहरी’ भन्ने नारासहित महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकी र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा स्टिकर टाँस्ने अभियानको शुरुवात गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहा पथका एसपी श्यामकृष्ण अधिकारी र चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी,महानगरीय प्रहरी वृत्त थानकोटकमा प्रमुख डिएसपी मोहन बहादुर खाँणले संयुक्त सवारीसाधनमा जनचेतनामूलक स्टिकर टास गरेर सुभारम्भ गरेका हुन् ।

प्रहरीले साना तथा ठुला प्रत्येक सवारीमा जनचेतनाका लागि अनिवार्य मास्कको प्रयोग र जथाभावी फोहोर नफाल्न लेखिएको जनचेतनामुलक स्टिकर ५ हजार पिस टास्ने कार्य भईरहेको प्रहरी निरीक्षक शंकर खड्काले बताए ।

महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले वढ्दो संक्रमण रोक्न नागरिकहरूमा चेतनाको स्तर वढाउन महाशाखाले हरेक युनिटहरूलाई सक्रय बनाउने काम गरेको बताए ।

चन्द्रागिरिका नगरप्रमुख घनश्याम गिरीले ट्राफिक प्रहरीसँगगको सहकार्यमा हरेक गतिविधिमा सधै साथ र समन्वयको साथ अगाडि वढ्ने बताए । उनले कंलकी देखि नागढुङ्गा क्षेत्रलाई व्यवस्थित बनाउन सहकार्यमा कुनै कसर नराख्ने गिरीको भनाई छ ।

नगरपालिकाले सडकमा कंलकी देखि नागढुङ्गा सम्म स्टिप लाईट जडान गर्न बजेट समेत छुटाईसकेको जनाएको छ ।

प्रतिक्रिया