

सुनको मूल्य एकै दिन ७०० रुपैयाँले ओरालो

काठमाडौँ – आज (बुधबार) सुनको मूल्यमा ७०० रुपैयाँले ओरालो लागेको छ ।
मंगलबार प्रति तोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन ७०० रुपैयाँले घटेर ९० हजार ५०० रुपैयाँ कायम भएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापा वाल सुन प्रति तोला ९० हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य पनि गत मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले घट्दै बुधबार १ हजार ३०५ रुपैया कायम भएको छ ।

