

कन्ट्याक्ट ट्रेसिङमा प्रधानमन्त्री ओली, बालुवाटार बैठकमा सहभागी तीन एमाले नेतामा कोरोना

काठमाडौं– नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी, स्थायी कमिटी र मन्त्रिपरिषदको बैठकमा सहभागी भएका नेतामा कोरोना पोजिटिभ देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।
बालुवाटारमा भएका विभिन्न बैठकमा एमाले नेता तथा उर्जामन्त्री टोपबहादुर रायमाझी, एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराई र केन्द्रीय सदस्य विष्णु रिजालमा कोरोना पोजिटिभ देखिएपछि प्रधानमन्त्री ओली कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।
रायमाझी स्थायी कमिटी र मन्त्रिपरिषदको बैठकमा सहभागी थिए भने भट्टराई र रिजाल महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी थिए।
सोमबार बालुवाटार बैठकमा सहभागी भएका नेताको कोरोनाको रिपोर्ट सोही साँझ पोजिटिभ आएको थियो।

